Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिकटक बन्द होइन नियमन गर्नुपर्छ : नैनसिंह महर


    सोमबार, कार्तिक २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले टिकटक बन्द नभई नियमन गर्नुपर्ने बताएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सत्ताको प्रमुख घटक कांग्रेसका केन्द्रीय सदस्य महरले सामाजिक सञ्चालनकाे नियमन आजको आवश्यकता भएकाे बताएका हुन् ।

    “लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान छ । बढ्दो सूचना प्रविधिको विकाससँगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित छन् । यिनिहरुको नियमन आजको आवश्यकता हो । तर नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा विपरीत मात्र होइन हाम्रो संविधानको परिकल्पना विपरीत छ,”उनले लेखेका छन् ।

    सरकारले टिकटक बन्द नभई समग्र सामाजिक सञ्जालको उचित र प्रभावकारी नियमनमा ध्यान दिनुपर्ने महरकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार