Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलले गरे आज गाई पूजा


    सोमबार, कार्तिक २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज(सोमबार) गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिएकाे हाे ।

    राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन गोरुपूजा वा गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार