काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । फरक फरक घटनामा परि दुई जनाको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार अन्य २ जना घाइते भएका छन् । गएराति हेटौंडाको थानाभर्याङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार राति १०:५० बजेको समयमा हेटौंडा-११ थानाभर्याङमा हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार ३ जना मध्ये एक जनाको मृत्यु भएको र अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा- ४ कमलडाडा बस्ने वर्ष २२ को महेन थापा मगर रहेका छन् ।
मोटरसाइकलको बिचमा सवार हेटौंडा-२ संगमचोक बस्ने वर्ष १८ की बेबिसा खड्गी र पछाडी सवार हेटौंडा-५ गर्दोइ बस्ने वर्ष १९ की बिनिता थापा घाइते भएका छन् । घाइते मध्ये खड्गीलाई थप उपचारको चितवनस्थिति नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ भने घाइते बिनिता थापाको हेटौंडा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएकाे छ ।
त्यस्तै गत कात्तिक २४ गते भएको सवारी दुर्घटनामा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । २४ गते राती ११ः५० बजेको समयमा आफ्नै घरमा अटो पार्क गर्ने क्रममा घरबाट करिव ६० मिटर तल केराबारीमा खसेको थियो । उक्त घटनामा घाइते भएका मकवानपुरगढि-५ खैरहनी लखनटोल बस्ने वर्ष ३३ को लक्ष्मण स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
हेटौंडा बजारबाट आफ्नै घर गई ना१ह ३५४४ न.को अटो ब्याक गरी पार्किङ गर्न खोज्दा करेसाबारीमा खसेको थियो । अटोसंगै खसेका स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा गजएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend