Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चलचित्र ‘पशुपतिप्रसाद’को तेस्रो शृंखला बन्ने


    शुक्रबार, कार्तिक २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली फिल्म ‘पशुपतिप्रसाद ३’ बन्ने भएको छ। अपुरा र छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै निर्माताले ‘पशुपतिप्रसाद ३’ बनाउने घोषणा गरेका हुन् । शुक्रबार आयोजित पत्रकार भेटघाटमा खगेन्द्र लामिछाने र दीपेन्द्र के खनालले यस्तो जानकारी दिए ।

    खगेन्द्रको पटकथा रहने फिल्मलाई दीपेन्द्रले निर्देशन गर्ने उल्लेख छ । टुकी आर्ट्सको ब्यानरमा रोजिना सिटौलाले फिल्म निर्माण गर्ने जनाइएको छ ।

    तेस्रो श्रृंखला बनाउनेबारे जारी विज्ञप्तिमा भनिएको छ, ‘पशुपतिप्रसाद र पशुपतिप्रसाद २ हेरेपछि दर्शकले पशुपतिप्रसाद ३ कहिले आउँछ भनेर हामीलाई प्रश्न गर्नुभयो । हामीलाई पनि लाग्यो ती फिल्ममा छाडिएका अपूरा कथा र छोडिएका पात्रको कथा हामीले पशुपतिप्रसाद ३ मा पूरा गर्नुपर्छ ।’

    फिल्मको दोस्रो शृंखला ‘भष्मे डन’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको सन्दर्भमा नयाँ सिक्वेलबारे जानकारी दिइएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार