Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्री रानामगरले राजीनामा दिए


    शनिबार, कार्तिक १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।

    आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

    राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।

    राजीनामा दिएपछि कार्कीले भने, ‘हामी हिजो पनि सरकारको गठबन्धनमा थिएनौं, भोलि पनि हुँदैनौं । हामी सरकारबाट बाहिरिन्छौं । केन्द्रीय गठबन्धनमा भएका दल प्रदेश सरकारमा सामेल भएपछि हामी सरकारमा बसिरहँदैनौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार