Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते


    बिहिबार, कार्तिक ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका- ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

    स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएकाे प्रहरीले जनाएको छ । उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।

    प्रहरीका अनुसार काठमाडौंबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार