काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका-१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सप्तरीको सप्तकोशी नगरपालिका-११ भगनी मलेठस्थित सडकमा रोकी राखेको बा.१० च ७१६४ नम्बरको पिकअपमा को.२८ प ५६१२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ कमलपुर बस्ने २३ वर्षीय दिपेन्द्र शर्मा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै पर्साको जगरनाथपुर गाउँपालिका-६ औरहास्थित सडकमा वीरगंजबाट औरहातर्फ जाँदै गरेको प्रदेश ०२-०३-००९ प ७०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ब्रहमदेव महराको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend