बाजुरा । बाजुराका भूकम्प पीडितका लागि यती बेलाको दसैं निकै खल्लो बनेको छ । गत असोज १६ गते आएको भूकम्पले बाजुराका अधिकाशं स्थानीयवासी अहिले त्रिपालको बास गरिरहेका छन् ।
सधैँ सेतो माटोले घर लिपपोत गरेर दसैं मनाउने गरेका उनीहरुको यतिबेला आकाशमुनि त्रिपालको बास भएकाले दसैं खल्लो बनेको हो ।
गत वर्ष घरमा राम्रोसँग बसेर दसैं मनाउँदा रमाइलो भएको थियो । यो वर्ष भूकम्पले घर भत्काएर त्रिपालको बसा गराएपछि दसैं खल्लो बनेको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका जित सार्कीले बताए ।
उनले भने, “असोज १६ गते गएको भूकम्पले घरबारविहीन बनाएपछि अहिले खुल्ला आकाशमा बास बसेका छौ । यती बेला दसैं तिहारमा रमाइलो गर्नु त के बिहान बेलुकाको छाक पनि कसरी टार्ने भन्ने निकै चिन्ता छ ।”
गत वर्षको बाढीले जमिन बगायो । यो वर्षको भूकम्पले घर भत्कायो । अब न जमिन रह्यो न त घर नै रह्यो । यो अवस्थामा अब के खाने र कहाँ गएर बास बस्ने भन्ने चिन्ता लागेको बेला दसैं खल्लो बन्दै गएको सार्कीले बताए।
गत वर्षको माघमा आएको भूकम्पले बाजुरामा धेरै घर क्षति भएका थिए । यो वर्षको असोज १६ गते गएको भूकम्पले पनि धेरै घर छानामा ठूलो क्षति गरेको छ ।
गत बर्खाको समय बाजुराका अधिकांश स्थानीय निकायमा सुचारु हुने सडक पुलसमेत बाढीपहिरोका कारण तहसनहस भएका थिए ।
सडक स्थानीय सरकारले दसैं अगावै सुचारु गरे पनि भूकम्प पीडितको भने अझैँ बसोवासका लागि कुनै व्यवस्था गर्न सकेको छैन ।
भूकम्पले बाजुरामा १२६ पूर्ण १७६ आशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend