Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुराका भूकम्प पीडितको दसैं…


    मंगलबार, कार्तिक ७ २०८०
    965
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बाजुरा । बाजुराका भूकम्प पीडितका लागि यती बेलाको दसैं निकै खल्लो बनेको छ । गत असोज १६ गते आएको भूकम्पले बाजुराका अधिकाशं स्थानीयवासी अहिले त्रिपालको बास गरिरहेका छन् ।

    सधैँ सेतो माटोले घर लिपपोत गरेर दसैं मनाउने गरेका उनीहरुको यतिबेला आकाशमुनि त्रिपालको बास भएकाले दसैं खल्लो बनेको हो ।

    गत वर्ष घरमा राम्रोसँग बसेर दसैं मनाउँदा रमाइलो भएको थियो । यो वर्ष भूकम्पले घर भत्काएर त्रिपालको बसा गराएपछि दसैं खल्लो बनेको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका जित सार्कीले बताए ।

    उनले भने, “असोज १६ गते गएको भूकम्पले घरबारविहीन बनाएपछि अहिले खुल्ला आकाशमा बास बसेका छौ । यती बेला दसैं तिहारमा रमाइलो गर्नु त के बिहान बेलुकाको छाक पनि कसरी टार्ने भन्ने निकै चिन्ता छ ।”

    गत वर्षको बाढीले जमिन बगायो । यो वर्षको भूकम्पले घर भत्कायो । अब न जमिन रह्यो न त घर नै रह्यो । यो अवस्थामा अब के खाने र कहाँ गएर बास बस्ने भन्ने चिन्ता लागेको बेला दसैं खल्लो बन्दै गएको सार्कीले बताए।

    गत वर्षको माघमा आएको भूकम्पले बाजुरामा धेरै घर क्षति भएका थिए । यो वर्षको असोज १६ गते गएको भूकम्पले पनि धेरै घर छानामा ठूलो क्षति गरेको छ ।

    गत बर्खाको समय बाजुराका अधिकांश स्थानीय निकायमा सुचारु हुने सडक पुलसमेत बाढीपहिरोका कारण तहसनहस भएका थिए ।

    सडक स्थानीय सरकारले दसैं अगावै सुचारु गरे पनि भूकम्प पीडितको भने अझैँ बसोवासका लागि कुनै व्यवस्था गर्न सकेको छैन ।

    भूकम्पले बाजुरामा १२६ पूर्ण १७६ आशिक र ३०७ घर सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार