काठमाडौँ। चौधरी ग्रुप (सिजी) ले बडादसैँको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटपिट गरेका छन्। नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दसैँ बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।
बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए। तर यसका लागि व्यवस्थापन वार्तामा बस्न नचाहेको मजदूरहरुको दाबी छ।
कम्पनीले नाफा कमाइरहे पनि बहानाबाजी गरेर बोनस नबाँडेको आरोप मजदूरहरुको छ। कम्पनीमा ३ सय मजदूर कार्यरत छन्।
सिजी ग्रुपले ब्रुअरीका कर्मचारीहरुले अनधिकृत माग गर्दै अधिकारीहरुलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको र औद्योगिक शान्ति खल्बलाएको बताएको छ। बिक्रीमा २५ प्रतिशत कमी आएको पनि कम्पनीको दाबी छ। मजदूरले कम्पनीका ५ जना उच्चपदस्थ कर्मचारीलाई हातपात गरेका थिए।
उक्त सिजी ब्रुअरी नेपालका एकमात्र अर्बपति विनोद चौधरीको कम्पनी हो।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend