Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले विश्वासको मत दिने


    सोमबार, असोज २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।

    आज सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए।

    नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार