Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते


    आइतबार, असोज २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बैतडी। धनगढीबाट दार्चुलाका लागि हिंडेको जीप बैतडीमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

    दार्चुलाका मकरीगाडका लागि हिंडेको म १ ज २६० नम्बरको जीप आइतबार बिहान साढे ५ बजे बैतडीको पाटन नगरपालिका-६ हिरापूर मोडमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ।

    घाइते हुनेमा अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान् करबिरसिंह बोहरा, ज्ञानेन्द्रसिंह कार्की उनकी श्रीमती रहेका छन्। उनीहरुको स्थानिय स्वास्थ्यचैकीमा उपचार भइरहेको बताइएको छ।

    ७ जना सवार जीप धनगढीबाट दार्चुलाका लागि शनिबार साँझ हिँडेको थियो।

    प्रहरीका अनुसार ब्रेक फेल भएर जीप सडक पेटिमा ठोकिएको थियो । जीप सडक पेटीमा रोकिएका कारण मानवीय क्षति हुनबाट जोगिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार