Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की भन्छन्- मध्यावधि रोक्न सांसदहरूले मलाई समर्थन गर्नुभयो


    शनिबार, असोज २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् ।

    यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उनले धारणा राखे ।

    कुनै पार्टी समर्थनमा नभई संविधानको धार १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उनले बताए ।

    उनले यसलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे ।

    ‘यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ । संविधानले देखाएको बाटो अनुसार भएको हो,’ उनले भने, ‘ गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो । त्यसैले सांसदहरूको एकरुपताले मध्यावधिको बाटो राकेको हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार