Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • मधेशमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल


    शुक्रबार, असोज २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन् । आज मधेशी आयोगको बार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोवास गर्दै आएको बताए ।

    उनले मधेशी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको स्पष्ट पारे । उनले भने– ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । मधेशमा पनि भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ ।’

    राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए ।

    उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार