काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ । भक्तपुर, दाङ र झापामा भएका सवारी दुर्घटनामा परेर बिहीबार ३ जनाको मृत्यु भएको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोटमा बा.६९प ९१० नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीय भुलिमाया धुगुछुको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङको राप्ती गाउँपालिका–१ भालुबाङ बजारस्थित सडकमा ना.७ ख ५९७१ नम्बरको बसले लु.९२ प ७५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका–४ जितपुर घर भएका २३ वर्षीय विजय खनाल रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रस्तावित भालुबाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–१ कन्चनजङ्गा अस्पताल अगाडि सडकमा ना ४ ख २०८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा कालिन्चोक गाउँपालिका–५ बस्ने ५१ वर्षीय देवी माया थामी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend