काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ । भक्तपुर, दाङ र झापामा भएका सवारी दुर्घटनामा परेर बिहीबार ३ जनाको मृत्यु भएको हो ।
भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोटमा बा.६९प ९१० नम्बरको स्कुटरको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीय भुलिमाया धुगुछुको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङको राप्ती गाउँपालिका–१ भालुबाङ बजारस्थित सडकमा ना.७ ख ५९७१ नम्बरको बसले लु.९२ प ७५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कपिलवस्तु बाणगंगा नगरपालिका–४ जितपुर घर भएका २३ वर्षीय विजय खनाल रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रस्तावित भालुबाङ अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–१ कन्चनजङ्गा अस्पताल अगाडि सडकमा ना ४ ख २०८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा कालिन्चोक गाउँपालिका–५ बस्ने ५१ वर्षीय देवी माया थामी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend