Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई थुनामा पठाउन जिल्ला अदालत कास्कीको आदेश


    आइतबार, असोज २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले सहकारीका कोषाध्यक्ष रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

    बचतकर्ताको सहकारीविरुद्ध उजुरी दिएपछि गत भदौ २४ गते सहकारीका पूर्वसञ्चालक गितेन्द्रबहादुर (जीबी) राई, कुमार रम्तेलसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुजी जारी भएको थियो ।

    रम्तेल भदौ २५ गते काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि दोस्रोपटक थप १२ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ ।

    प्रहरीले केही दिनअघि सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको थियो ।

    सोहीअनुसार सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । रम्तेलबाहेक पक्राउ पुर्जी जारी भएका १८ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार