Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षामन्त्री राई भन्छन्- शिक्षकसँगको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म सम्बोधन हुन्छ


    आइतबार, असोज २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग भएको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म मात्र सम्बोधन हुने टिप्पणी गरेका छन् ।

    आज आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

    “माननीयज्यूहरुले शिक्षकहरुको सहमतिको विषय यहाँ कसरी सम्बोधन हुन्छ भनेर उठाउनुभयो,” उनले भने, “उपयुक्त र जायज मागहरु जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन सम्मानीत बनाउन र सही ढंगले क्रियाशील बनाउन मागमा हामी सकारात्मक रहन्छौँ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरुको सबै कुरा मान्छौँ । त्यसमा हामी प्रतिवद्ध रहेका छौँ ।”

    मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखा परेको स्वीकार गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार