एजेन्सी । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले निकैनै चिन्तित रहेका छन्। कपाल झर्नु आम मानिसको समस्या हो । यो एक प्राकृतिक प्रक्रिया हो । तर, कतिपयको अस्वाभाविक तरिकाले कपाल झर्दछ ।
आजकल उमेर ढल्केकाहरुको मात्र नभई युवा पुस्तामासमेत कपाल झर्ने समस्या बढ्दो छ । युवा अवस्थामा नै कपाल झर्न थालेपछि धेरै युवायुवतीहरु विभिन्न समाधानको उपाय अपाउछन् ।
त्यसैगरी कपाल लामो बनाई दिने, कपाल झर्न रोकी दिने जस्ता विज्ञापन हेरेर हामीले कति सामान किन्यौं होला तर के बजारमा पाइने यस्ता सामानले साच्चै नै कपाल झर्न कम हुन्छ त ? अथवा बजारले हामीलाई मूर्ख मात्र बनाई रहेको छ । आउनुहोस आज जान्ने कोसिस गरौं ।
दैनिक ५० देखि १०० कपाल झर्नु सामान्य नै हो यसमा चिन्ता लिनु पर्दैन । तर यो भन्दा बढी कपाल झर्न लागेमा समस्या भएको भनेर बुझ्न आवश्यक छ ।
कपाल विभिन्न कारणले झर्ने गर्छ । मुख्यतया कपालको स्वास्थ कस्तो हुने भन्ने निर्धारण तपाईको जेनेटिक्सले गर्छ, परिवारमा कसैको अत्याधिक कपाल झर्ने समस्या छ भने तपाई को पनि झर्ने सम्भावना रहन्छ ।
त्यस्तै तपाईको जिवनशैली, तपाईले लिने आहारले पनि कपाल झर्ने सम्भावना रहन्छ । कपालसँगै सम्पुर्ण शरीर को स्वास्थ्यका लागि नै सन्तुलित तथा पौष्टिक आहार आवश्यक हुन्छ । बायोटिन, भिटामिन (विशेष गरी भिटामिन बी ), फलाम र जिंक जस्ता खनिज कपालका लागि महत्त्वपूर्ण छन्। यी पोषक तत्वको कमीले कपाल झर्न सहयोग पुग्छ ।
तपाईको समग्र जीवनशैलीले कपालको स्वास्थ्यलाई असर गर्न सक्छ । तनाव, निन्द्राको कमी र धुमपान जस्ता अस्वस्थ बानीले पनि कपाल झर्छ । तनाव कम गरेर पर्याप्त निद्रा प्राप्त गरेर र स्वस्थ जीवनशैली अपनाएर पनि कपाल झर्ने समस्या कम गर्न सकिन्छ ।
केही रोगहरु जस्तै थाइरोइड, हार्मोनल असन्तुलन र टाउकोको अवस्थाले पनि कपाल झर्ने समस्या हुन सक्छ । तपाईंले प्रयोग गर्ने स्याम्पु, कन्डिसनर, र तेल पनि कपाल झर्नुको कारण हुन सक्छन् ।
मुख्यतया कपाल झर्ने कारण पत्ता लगाएपछि बल्ल उपचारमा सहज हुन्छ । यदि पोषणको कमीले कपाल झरेको हो भने त्यसका लागी तपाईले आफनो खानपानमा प्रोटिन, भिटामिन, बायोटिन, आईरन, जिंक लगायत समावेश गर्नुपर्ने हुन्छ ।
सुकेको मसरुममा प्रोटिन धेरै हुने भएकाले यो कपाल को स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै दाल, सिमी, राजमा जस्ता गेडागुडीमा आइरन प्रसस्त मात्रामा पाइन्छ जुन कपालका लागी एकदमै आवश्यक छ ।
शरीरमा आइरन एवजर्व गर्न भिटामिन सी पनि उत्तिकै आवश्यक हुन्छ । त्यसका लागी गेडागुडीसँग कागती राखेर या सुन्तलाको जुस खान सक्नुहुन्छ । कुखुराको फिला मा पनि लाईसिन नामक एमिनो एसिड पाइन्छ जसले शरीरमा आईरन एवजर्व गर्न मद्दत पुर्याउँछ । यसका साथै अण्डा , दाल, मेवा, केरा जस्ता खानाले पनि कपाललाई बलियो बनाउँछन् ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend