Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसईई परीक्षा चैत पहिलो सातादेखि


    मंगलबार, असोज १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज शैक्षिक सत्र २०८०÷०८१ का लागि माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

    सार्वजनिक उक्त तालिकाअनुसार कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिनेछ ।

    एसईईको नतिजा भने ०८१ असारको दोस्रो साता प्रकाशन गर्ने बोर्डको तालिका छ ।

    त्यस्तै, कक्षा १२ को वार्षिक परीक्षा ०८१ वैशाख दोस्रो साता र ११ को जेठ पहिलो सातादेखि सञ्चालन गरिने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार