Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकले पाए नोबल पुरस्कार


    सोमबार, असोज १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई वैज्ञानिकले पाएका छन्।

    उक्त नोबेल पुरस्कार समितिले सोमबार वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

    सन् १९५५ मा हंगेरीमा जन्मिएकी कारिको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छन्।

    १९५९ मा अमेरिका जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्।

    सन् २०१९ को अन्त्यबाट संसारभरि कोभिड महामारी सुरू भएको थियो। कुनै खोप र उपचार नभएको कोभिड-१९ ले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।

    केही समयपछि वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार