Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डाक्टर कुट्नेलाई कडा कारबाहीको माग गर्दै काठमाडौं मेडिकल कलेजमा आज पनि प्रदर्शन


    सोमबार, असोज १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं मेडिकल कलेज (केएमसी)को नेफ्रोलोजी ओपीडीमा कार्यरत इन्टर्न चिकित्सक मनिष खड्कामाथि आक्रमण तथा हातपात गर्नेलाई तत्काल कारबाहीको माग गर्दै डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन् ।

    उक्त डाक्टर कुटपिटको विरोधमा आज सोमबार पनि राजधानीको काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    डाक्टरहरुले मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका छन् । कुटपिटमा संलग्नमध्ये २ जना पक्राउ परेपनि एक जना अझै फरार रहेको उनीहरुको भनाइ छ । उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

    आइतबार आपसी विवादका क्रममा विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार