Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते


    आइतबार, असोज १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।

    आज सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको हाे ।

    प्रहरी अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् ।

    घाइते भएका उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार