काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।
कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘गठबन्धनको राजनीतिमा पनि नयाँ छलफल गरौं । गठबन्धन बन्नसक्छ । उहाँले उहाँहरु गठबन्धनमा हुनुहुन्छ मोर्चा बनाउनुभएको छ । दुई अडाईबर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ । पहिला प्रचण्डजी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ । उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं । उहाँहरुलाई एक्लै चलाउँन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं ।’
सहमतिअनुसार प्रचण्डजी वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने उनले बताए । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ छ । आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पारे ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend