काठमाडौं। नेपाली फिल्म ‘रावायण’लाई लिएर लेनदेन विवादमा पक्राउ परेका चर्चित अभिनेता अनमोल केसीले निर्माताले पैसा फिर्ता लिन नमानेको दाबी गरेका छन्।
अनमोलले प्रहरीसँगको सोधपुछका क्रममा आफ्नो खातामा पठाइएको १० लाख रुपैयाँ निर्माताले फिर्ता लिन नमानेको बताएका हुन्। स्क्रिप्ट मन नपरेपछि फिल्म खेल्न अस्वीकार गरेको समेत उनले बताएका छन्।
प्रहरी स्रोतका अनुसार फिल्म निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ लिनुपर्ने दाबी गरेको छ । तर अनमोलले भने निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने बताएका छन्।
साथै निर्माता पक्षले सुटिङका लागि अफगानिस्तान लैजान भनेको तर पछि उक्त निर्णयबाट टिम पछि हटेको समेत अनुसन्धानका क्रममा अनमोलले बताएका छन्। उनका अनुसार त्यतिबेलासम्म फिल्म खेल्न सम्झौता भइसकेको थिएन। खातामा आएको १० लाख रुपैयाँ फिर्ता लैजानू भन्दा पनि निर्माताले नमानेको उनले बताएको प्रहरी स्रोतले बताएको छ।
अनमोललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
केसीलाई प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार १० लाख रुपैयाँ एडभान्स लिएर साइन गरेको फिल्ममा सम्झौता नै नगरेको भनेपछि निर्माता सुप्रिया कटुवालका उजुरीका आधारमा केसी पक्राउ परेका हुन्।
केसीले ‘रावायण’ फिल्मका लागि १० लाख रुपैयाँ एडभान्स लिएर साइन गरेको तर आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि निर्माता कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा उजुरी दिएकी थिइन्। प्रहरी स्रोतका अनुसार निर्माता कटुवालले गतअसोज ८ गते उजुरी दिएकी हुन्। सुदर्शन थापाको निर्देशनमा निर्माता कटुवालले यो फिल्म बनाउन लागेकी थिइन्।
आफ्नो फिल्मका लागि साइन गरेर केसीले अर्को फिल्ममा काम गर्ने भएपछि कटुवालले धोका भएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend