Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • एमालेको कोशी अधिवेशनमा ५ बजेदेखि मतदान हुने


    आइतबार, असोज १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा मतदानको समय अपरान्ह ५ बजेका लागि तोकिएको छ ।

    यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

    निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको आचार्यले बताए ।

    एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् भने उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार