Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक अभियुक्त दुई वर्षपछि पक्राउ


    बिहिबार, असोज ११ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक फरार अभियुक्त पक्राउ परेका छन् ।

    अढाई वर्षदेखि पाटन उच्च अदालतको आदेश अवज्ञा गरेर फरार भएका सयुस श्रेष्ठलाई प्रहरीले आज रातोपुलबाट पक्राउ गरेको हो ।

    चलाउनेमाथि आक्रमणमा संलग्न नेविसंघका ७ जनामध्ये दुई जना फरार भएका थिए । पाटन उच्च अदालतले उनीहरुलाई जनही पाँच लाख धरौटी र एक लाख अन्तरिम क्षतिपूर्तिको आदेश दिएको थियो ।

    पाटनको आदेश कार्यान्वयन गर्न दुई वर्षअघि जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार