Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मणिपालमा डाक्टर कुटपिट गरेको आरोपमा एक जना पक्राउ


    सोमबार, असोज ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्यु भएपछि आफन्तजन आक्रोसित बनेका थिए ।

    विराममीको अवस्थाबारे पनि जानकारी नदिइएको र अस्पतालको लापरबाहीकै कारण महिलको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हाे ।

    अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित अस्पताल प्रशासन र विरामीका आफन्तबीच अहिले वार्ता भइरहेको भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार