Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोशी प्रदेशमा एमालेबाट चारजना मन्त्री बन्दै


    सोमबार, असोज ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशमा चारजना नयाँ मन्त्री थपिने भएका छन् । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट चारजना मन्त्री थप्न लागेका हुन् ।

    प्रदेशसभा सदस्यहरु लीलाबल्लव अधिकारी, निरन राई, वुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाउन लागेका हुन् ।

    अदालतको परमादेशपछि मुख्यमन्त्रीमा फर्किएका कार्कीले असोज २० गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । तर, उनले विश्वासको मत पाउने सम्भावना कम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार