Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सडकमा सुतेरै आन्दोलन गर्ने राहत शिक्षकहरूको निर्णय


    सोमबार, असोज ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबीच भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका राहत शिक्षकहरूले आज सडकमै सुतेर भएपनि आन्दोलनलाई जारी राख्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा उत्रिएका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।

    राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै आक्रोशित उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् ।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए ।

    ‘दिउँसो १२ बजेतिर हामी सडकमा आधा घण्टा लम्पसार लाश बनेर पल्टिन्छौं । सांकेतिक रूपमा हामीलाई मार्यो भनेर हामी सडकमा सुत्छौं । माइतीघर बानेश्वर सडक खण्डमा हामी पल्टिन्छौं ।’ उनले भने ।

    गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार