काठमाडौँ । आगामी माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ अहिले व्यापक चर्चामा छ। निर्माण युनिटले उक्त फिल्ममा रहेको कलाकारको विभिन्न लुक्स सार्वजनिक गर्दै फिल्मको प्रचार प्रसार गरिरहेको छ ।
यसैगरी फिल्ममा रहेको चर्चित अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको छ । फिल्मको एक नयाँ पोष्टर मार्फत उनीहरुको लुक्स सार्वजनिक गरेको हो । पोष्टरमा दयाहाङ र उपसाना बाँधिएको अवस्थामा देखिएका छन्, भने उनीसँगै बन्दुक लिएर एक मानिस उभिएको देख्न सकिन्छ ।
यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल लगायतको अभिनय छ ।
प्रदीप भारद्धाजको लेखन रहेको यस फिल्ममा किरण नेपालीको प्रस्तुतिमा र सरोज नेपालीको कार्यकारी निर्माणमा तयार भएको हो । पुष्कर गुरुङ र अमला देवी राइको निर्माण रहेको फिल्म सुशान्त प्रजापतिले छायांकन गरेका भने फिल्मका निर्देशक सिमोस सुनुवार रहेका छन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend