काठमाडौँ । आगामी माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ अहिले व्यापक चर्चामा छ। निर्माण युनिटले उक्त फिल्ममा रहेको कलाकारको विभिन्न लुक्स सार्वजनिक गर्दै फिल्मको प्रचार प्रसार गरिरहेको छ ।
यसैगरी फिल्ममा रहेको चर्चित अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरेको छ । फिल्मको एक नयाँ पोष्टर मार्फत उनीहरुको लुक्स सार्वजनिक गरेको हो । पोष्टरमा दयाहाङ र उपसाना बाँधिएको अवस्थामा देखिएका छन्, भने उनीसँगै बन्दुक लिएर एक मानिस उभिएको देख्न सकिन्छ ।
यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल लगायतको अभिनय छ ।
प्रदीप भारद्धाजको लेखन रहेको यस फिल्ममा किरण नेपालीको प्रस्तुतिमा र सरोज नेपालीको कार्यकारी निर्माणमा तयार भएको हो । पुष्कर गुरुङ र अमला देवी राइको निर्माण रहेको फिल्म सुशान्त प्रजापतिले छायांकन गरेका भने फिल्मका निर्देशक सिमोस सुनुवार रहेका छन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend