काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदै छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा जाने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज यहाँ जान लागेका हुन् ।
सोक्रममा पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।
सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend