Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘पशुपति प्रसाद २’ को दोस्रो गीत सार्वजनिक


    आइतबार, असोज ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। दिपेन्द्र के खनाल निर्देशित नेपाली फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

    शनिबार ओएसआर युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘प्रेम शरणम्’ बोलको गीत सार्वजनिक गरिएको हो। यसअघि फिल्मको ‘दुई चल्ठी बाटन’ बोलको गीत सार्वजनिक गरिएको थियो।

    उक्त गीतको भिडिओमा विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ। यो फिल्म कार्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ।

    काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको गीतमा सुशिल पौडेल र कृष्ण भारद्धाजको शब्द छ भने कृष्ण भारद्धाजले संगीत भरेका छन्। निरज कँडेलले छायांकन गरेको गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।

    फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ। फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहनेछ। फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार