काठमाडौँ। दिपेन्द्र के खनाल निर्देशित नेपाली फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।
शनिबार ओएसआर युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘प्रेम शरणम्’ बोलको गीत सार्वजनिक गरिएको हो। यसअघि फिल्मको ‘दुई चल्ठी बाटन’ बोलको गीत सार्वजनिक गरिएको थियो।
उक्त गीतको भिडिओमा विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ। यो फिल्म कार्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ।
काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको गीतमा सुशिल पौडेल र कृष्ण भारद्धाजको शब्द छ भने कृष्ण भारद्धाजले संगीत भरेका छन्। निरज कँडेलले छायांकन गरेको गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।
फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ। फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहनेछ। फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend