Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा: शिक्षामन्त्री राई


    शनिबार, असोज ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) को २० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले यस्तो बताएका हुन् ।

    उनले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गरे । उनले सोका लागि सरकारले सहजीकरण गर्ने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसद्मा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार