काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि राजधानीको सामुदायिक विद्यालयमा पठनपाठन भने ठप्प रहेको छ। संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका छन् ।
सो कारण शिक्षकहरुले आन्दोलन गर्दा राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर आज सधैँझै विद्यालय समयमा पुगे । तर, विद्यालयको गेट बन्द नै थियो । अभिभावक र विद्यार्थीलाई विद्यालय बन्दबारे कुनै जानकारी नभएपछि उनीहरु न स्कुल खुलै पो छ कि भनेर विद्यालयसम्म पुगेका थिए ।
तर, विद्यालय खुला नभएपछि उनीहरु निराश हुँदै घर पर्किएका छन् । ललितपुरको मदनस्मारक विद्यालयका कतिपय विद्यार्थीहरु अध्ययनका लागि विद्यालय त पुगे तर गेट नै बन्द थियो । ‘बिद्यालय बन्द छ भनेर खबर थिएन । तैपनि खुला छ कि भनेर आयौँ तर गेट नै बन्द रहेछ’, एक विद्यार्थीले गुनासो पोखिन् । शिक्षकहरुको आन्दोलनले पढ्न नपाएको भन्दै उनले आक्रोश पोखिन् ।
यसैगरी पाटक ढोकास्थित पाटन हाइस्कुलको पनि ताल उस्तै थियो । सो स्कुलमा मदनस्मारकमा जस्तो गेट त थिएन तर त्यहाँका कर्मचारीले विद्यालय नखुल्ने भन्दै विद्यार्थीहरुलाई घर पठाइदिए ।
उसैगरी काठमाडौँ महानगर मातहका सामुदायिक विद्यालयहरु पनि आज बन्द नै छन् । महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनीका बीच पठनपाठन नभएको हो ।
विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघको आह्वानमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो । शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दबाब दिइरहेका छन् ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend