Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकार र शिक्षकहरूबीचको पहिलो चरणको वार्ता निष्कर्षविहिन


    बिहिबार, असोज ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहिन बनेको छ ।

    यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा वार्तामा नबसेका शिक्षक आज भने गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालयमा वार्तामा बसेका हुन् । वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न सकेन् ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक आन्दोलन छाड्न आग्रह गरेका थिए भने शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने अडान लिएका छन् ।

    आज बिहान भएको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार