काठमाडौं । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले आज आफ्नो रचनामा राष्ट्रिय भावको सैनिक गीत ‘राष्ट्रिय एकताको प्रतिक–वीर नेपाली सेना’को भिडियो बजारमा ल्याएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले आर्मी अफिर्सस क्लबमा यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
राजेन्द्र बजगाईंले संगीत गरेको यो गीतलाई सुवास तिम्सिना र गीता पाण्डेले गाएका हुन् । दिनेश सुनामको संगीत संयोजन रहेको यो गीतलाई नेपाली सेना र शोभन सांयजूले निर्माण गरेका हुन् ।
यो गीतमा नेपाली सेनाको बीरताको चर्चा गरिएको छ । निकै उर्जावान यो गीतको भिडियो पनि त्यत्तिकै राम्रो बनाईएको प्रधान सेनापति प्रभुराम शर्माले बताए ।
गीत संगीतबाट राष्ट्र र नेपाली सेनाको लागि केही गरौं भनेर आफुले यो गीत सृजना गरेको गीतकार तथा उपरथी बाबुराम श्रेष्ठले बताए,‘नेपाली सेनाको देश जनताप्रतिको दायित्वलाई गीत र भिडियोबाट हामीले प्रस्तुत गरेका छौं । गीतको हरेक शब्दलाई ध्यानमा राखेर यो गीतको भिडियो तयार गरिएको हो ।’
विशेष पौड्यालले निर्देशन गरेको यो गीतको भिडियोमा तीज बहादुर थापा, निरज पुडासैनीको छायाँकन, प्रकाश हुमागाईं र किशोर दँगालको सम्पादन रहेको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend