Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपरथि बाबुरामको ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक


    बुधबार, असोज ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले आज आफ्नो रचनामा राष्ट्रिय भावको सैनिक गीत ‘राष्ट्रिय एकताको प्रतिक–वीर नेपाली सेना’को भिडियो बजारमा ल्याएका छन् ।

    प्रधानसेनापति प्रभुराम शर्माले आर्मी अफिर्सस क्लबमा यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

    राजेन्द्र बजगाईंले संगीत गरेको यो गीतलाई सुवास तिम्सिना र गीता पाण्डेले गाएका हुन् । दिनेश सुनामको संगीत संयोजन रहेको यो गीतलाई नेपाली सेना र शोभन सांयजूले निर्माण गरेका हुन् ।

    यो गीतमा नेपाली सेनाको बीरताको चर्चा गरिएको छ । निकै उर्जावान यो गीतको भिडियो पनि त्यत्तिकै राम्रो बनाईएको प्रधान सेनापति प्रभुराम शर्माले बताए ।

    गीत संगीतबाट राष्ट्र र नेपाली सेनाको लागि केही गरौं भनेर आफुले यो गीत सृजना गरेको गीतकार तथा उपरथी बाबुराम श्रेष्ठले बताए,‘नेपाली सेनाको देश जनताप्रतिको दायित्वलाई गीत र भिडियोबाट हामीले प्रस्तुत गरेका छौं । गीतको हरेक शब्दलाई ध्यानमा राखेर यो गीतको भिडियो तयार गरिएको हो ।’

    विशेष पौड्यालले निर्देशन गरेको यो गीतको भिडियोमा तीज बहादुर थापा, निरज पुडासैनीको छायाँकन, प्रकाश हुमागाईं र किशोर दँगालको सम्पादन रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार