विराटनगर । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक राजन दत्तले उत्तरपुस्तिका साटफेर गरेको भन्दै विवाद चर्किएको छ ।
स्नातक तहको पहिलो वर्षको परीक्षा दिएकी आफ्नी छोरीको उत्तरपुस्तिका दत्तले साटफेर गरेको विद्यार्थीको आरोप छ । विद्यार्थी सन्ध्या कायस्थको उत्तरपुस्तिका दत्तकी छोरी आस्थाको बनाइएको आरोप लगाइएको हो ।
परीक्षामा दत्तकी छोरी उत्तीर्ण भएकी छन् । दत्त सोही क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक हुन् ।
अंग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरिएका कारण सन्ध्या अनुत्तीर्ण भएको विद्यार्थी संगठनको आरोप छ । विवादपछि विद्यार्थीले बुधबार पार्किङ गरेर राखिएको बा१७च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगजनी गरेका छन् ।
नियमित उत्तीर्ण हुने विद्यार्थीको रिजल्ट नकारात्मक आएपछि क्याम्पस प्रशासनले पुनः परीक्षा लिएको तर नतिजा नआएकाले आफू तनावमा परेको सन्ध्याले बताइन् । उनले भनिन्, “फेरि ब्याक लागेको विषयको पनि दिऊँ, तर रिजल्ट आएको छैन ।”
आफूले थप गरेको चार पानाको विवरण मूलकापीमा समेत लेखेको तर त्यो च्यातिएको पाइएको उनको भनाइ छ ।
रिटोटलिङ गर्दा पहिलेकै प्राप्तांक देखिएको र उत्तरपुस्तिका हेर्न परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिँदा थप गरिएका पेज नरहेको पाएको उनले सुनाइन् । उनले भनिन्, “मेरो हराएको थप उत्तरपुस्तिका दत्तको कापीमा अट्याच्ड गरेको भन्नेमा म ढुक्क छु ।”
दोस्रो वर्षको परीक्षामा भने आफू उत्तीर्ण भएको उनले बताइन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend