Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउनु पर्छ: राष्ट्रपति


    मंगलबार, असोज २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् । आज भक्तपुरमा गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

    गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा स्मरण गर्दै पौडेलले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको बताए ।गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको पौडेलको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार