Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आम सञ्चार र बिउबिजनसम्बन्धी विधेयक गण्डकी प्रदेशसभामा टेबल


    शनिबार, भाद्र ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सभामा आम सञ्चारसहित २ विधेयक टेबल भएका छन् । प्रदेश सभाको आज बसेको प्रदेश सभा बैठकमा गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक र बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबल भएको हो ।

    कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले दुई विधेयक प्रदेश सभामा टेबल गरेका हुन् । आम सञ्चार विधेयक भदौ २४ गते र बिजबिजन विधेयक भदौ १५ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो ।

    प्रदेश सभाको अर्को बैठक असोज ४ गते बस्ने तालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार