Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने


    शुक्रबार, बैशाख ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

    कांग्रेसले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

    सर्वोच्चले यसअघि अधिकारी नेतृत्वको सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएर यस मुद्धाको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने आदेश दिएको थियो ।

    गण्डकी प्रदेश सभाको बैठक आज ३ बजे बस्ने गरी प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेका छन् ।

    कांग्रेसले प्रदेश सभा बैठक बारे सभामुखलाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार