Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपक–दीपाश्रीले शंखमुल रोडमा निर्माण गरेको फिल्म हल उद्घाटन


    शुक्रबार, भाद्र २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले ९ करोडको लागतमा काठमाडौँको नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको छ आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको छ । शुक्रवार आयोजित एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकालले रिवन काट्दै हलको शुभारम्भ गरे ।

    कार्यक्रममा अध्यक्ष ढकालले अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताए । मानिसहरुलाई व्यवसायमा लाग्न कन्फिडेन्स नभएको अवस्थामा दीपक–दीपाको हलले एउटा सकारात्मक सन्देश छोड्ने उनको धारणा रहेको थियो । ‘यो हल सेन्टर ठाउँमा खुलेको छ । यसको व्यवसाय राम्रो हुन्छ भन्ने मलाई विश्वास छ’ ढकालले थपे ।

    सञ्चालक कलाकार दीपकराज गिरीले आफूले सञ्चालनमा ल्याएको हलमा आजैबाट निर्माता र हल व्यवसायको शेयर बाँडफाँड ५०–५० प्रतिशत गर्ने बताए । उनले निर्मातालाई पनि हलको पार्टनरसिप रहेको छ भन्ने महसुस गराउन आफूले ५०–५० प्रतिशत शेयर बाँडफाँड गर्न लागेको धारणा राखे ।

    कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्देशक सम्झना रौनियार उप्रेती, निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जन, कलाकार निर्मल शर्मा ‘गैडा’, निर्देशक नबल नेपाल लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार