Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा एक जना पक्राउ


    बिहिबार, भाद्र २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्कीमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् ।

    रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए । आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

    सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार