Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु


    बिहिबार, भाद्र २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका छन् ।

    प्रहरीका अनुसार वीरबहादुर कुँवर घाइते छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको हो ।

    अनियन्त्रित भएर अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार