काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन आजदेखि सुरु गरेको छ ।
बुधबारदेखि डेमोस्ट्रेसनका रुपमा १४ वर्ष पूरा भई १५ ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो । आम समुदायमा पहिलोपटक यो खोप दिन लागिएको हो ।
कहाँ कहाँबाट दिइन्छ खोप ?
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ । पहिलो चरणमा नौ हजार ५०० किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।
एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउनेछन् । खोप लगाउन उमेर खुल्ने प्रमाण लिएर आउनु पर्छ ।
एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार प्रसूति गृहसहित कोसी प्रदेशमा कोसी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ ।
कहिले कति डोज लगाउने ?
एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनु पर्छ ।
खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पताल पुग्नुपर्ने हुन्छ । डोज पूरा गरेकाहरुमा एचपीभीबाट हुने संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।
यो खोप सबै प्रदेश र जिल्लाका किशोरीहरुमा पुर्याउन सन् २०२४ सम्म थप खोप ल्याइने गरी छलफल अघि बढेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले बताइन् ।
देशभरका १४ वर्ष उमेरका किशोरीलाई मात्रै दिन पनि १३ लाख ५० हजार डोज खोप आवश्यक पर्ने उनको भनाइ छ ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend