Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात सय करोड नजिक सनी देवलको ‘गदर २’


    सोमबार, भाद्र २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चलचित्र ‘गदर २’ सात सय करोड नजिक पुगेको छ । बलिउड अभिनेता सनी देवलको ‘गदर २’ ले हालसम्म विश्वभर करिब ६७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ।

    ‘गदर २’ ले ७ सय करोडको आँकडा छुनबाट ३० करोड मात्र टाढा छ । फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ । ‘गदर २’ ले अहिलेसम्म विश्वभर कमाइको हिसाबले केजीएफ २, एसएस राजामौलीको बाहुबली २ र रजनीकान्तको ‘जेलर’को रेकर्ड तोडेको छ।

    सन् २००१ मा रिलिज भएको चलचित्र ‘गदर’ लाई जसरी दर्शकले मन पराएका थिए । त्यसरी नै २२ वर्षपछि तारा र सकिनामाथि फ्यानले दोब्बर मायाको वर्षा गरिरहेका छन् । फिल्ममा सनी देवलका अलावा अमिषा पटेल र उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा छन् ।

    तर अब ‘गदर २’ ले ७ सय करोड पार गरेर अर्को कीर्तिमान बनाउन मुस्किल देखिन्छ । किनभने शाहरुखको फिल्म जवान हलमा लागेको छ । अब ३० करोड जोड्न सनीलाई गाह्रो हुने बताइन्छ । चलचित्र हलमा रिलिज भएको पनि एक महिना बितिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार