Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘एक भगवत् गीता’ को शीर्षक फेर्ने सहमति


    आइतबार, भाद्र २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद शीर्षक परिवर्तन गर्ने सहमतिसँगै टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् ।

    सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ । विवाद टुंगिएसँगै यो फिल्म अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता थापाले जानकारी दिए ।

    यो सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास आफूहरुले लिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार