Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आरजु राणाको नेतृत्वमा धान उत्पादन अवलोकन गर्न ६ सांसद बंगलादेश जाने


    आइतबार, भाद्र १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाको नेतृत्वमा समितिका ६ जना सांसद बंगलादेश जाने भएका छन् । बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न उनीहरु असोजको दोस्रो साता बंगलादेश जाने भएको हो ।

    आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणमा जाने सांसदहरुको नाम छनौट गरेको छ । सांसदहरु अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत, सुर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एकजना सांसद बंगलादेश भ्रमणमा जाने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार