Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कोसी सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाउने निर्णय, भोलिदेखि निरन्तर सुनुवाइ हुने


    आइतबार, भाद्र १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको वैधानिकतामाथि सर्वोच्च अदालतमा हालिएको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ

    पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले उक्त कोसी सरकारविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो।

    आज आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।

    यस रिटमा पेसी पनि इजलासबाटै तोकिएको एमालेका तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेका रेवतीरमण भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार