काठमाडौँ । चर्चित कलाकार हरिवंश आचार्यले उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डले हिजो मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’ आचार्यले फिल्म ‘महापुरुष’बाट उक्त अभिनेता अवार्ड प्राप्त गरेका हुन् ।
उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, बोर्ड अध्यक्ष भुवन केसी लगायतले आचार्य अवार्ड प्रदान गरे । अवार्डमा प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी रहेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेत्री भने दिया मास्के घोषित भइन् । दीयाले चलचित्र ‘प्रकाश’ अभिनयका अवार्ड प्राप्त गरेकी हुन् ।
त्यस्तै उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद) अवार्ड फिल्म ‘चिसो मान्छे’बाट दिपेन्द्र के. खनालले हात पर्दा उत्कृष्ट छायाङ्कन अवार्ड ‘लप्पन छप्पन–२’ बाट पुरुषोत्तम प्रधानले थपे । उत्कृष्ट सम्पादन अवार्ड भने फिल्म ‘दोख’बाट निमेष श्रेष्ठले उठाउँदा उत्कृष्ट निर्देशक फिल्म ‘प्रकाश’बाट दिनेश राउत बने ।
यस्तै कार्यक्रममा उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषा)बाट हुलन छ्याँबा (देशै राम्रो) गुरुङ भाषाबाट मुनाल फिल्म प्रालि भोज बहादुर गुरुङले प्राप्त गर्दा निर्णायक विशेष छनोट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ भयो । राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिको जुरीमा राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटाको रहेका थिए ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend