Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हरिवंशले जिते ‘महापुरुष’बाट उत्कृष्ट अभिनेता अवार्ड


    बुधबार, भाद्र १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । चर्चित कलाकार हरिवंश आचार्यले उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डले हिजो मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’ आचार्यले फिल्म ‘महापुरुष’बाट उक्त अभिनेता अवार्ड प्राप्त गरेका हुन् ।

    उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, बोर्ड अध्यक्ष भुवन केसी लगायतले आचार्य अवार्ड प्रदान गरे । अवार्डमा प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी रहेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेत्री भने दिया मास्के घोषित भइन् । दीयाले चलचित्र ‘प्रकाश’ अभिनयका अवार्ड प्राप्त गरेकी हुन् ।

    त्यस्तै उत्कृष्ट लेखन (कथा, पटकथा, संवाद) अवार्ड फिल्म ‘चिसो मान्छे’बाट दिपेन्द्र के. खनालले हात पर्दा उत्कृष्ट छायाङ्कन अवार्ड ‘लप्पन छप्पन–२’ बाट पुरुषोत्तम प्रधानले थपे । उत्कृष्ट सम्पादन अवार्ड भने फिल्म ‘दोख’बाट निमेष श्रेष्ठले उठाउँदा उत्कृष्ट निर्देशक फिल्म ‘प्रकाश’बाट दिनेश राउत बने ।

    यस्तै कार्यक्रममा उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषा)बाट हुलन छ्याँबा (देशै राम्रो) गुरुङ भाषाबाट मुनाल फिल्म प्रालि भोज बहादुर गुरुङले प्राप्त गर्दा निर्णायक विशेष छनोट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ भयो । राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिको जुरीमा राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटाको रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार