काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनविज्ञ बाबुराम कुँवरले सरकारविरुद्धको मुद्दामा बहस पैरवी गरेको पाइएको छ। उच्च अदालत पाटनमा दायर मुद्दामा कुँवरले सरकारविरुद्ध बहस गरेका हुन्। कुँवरलाई राष्ट्रपति पौडेलले गत चैत १६ गते कानुनविज्ञमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कानुनविज्ञमा नियुक्त भएको चार महिनापछि नै कुँवरले सरकारविरुद्ध बहस गरेको पाइएको छ। कुँवरले साउन १७ गते न्यायाधीशद्वय दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासमा बहस गरेका थिए। त्यस्तै साउन २४ गते न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा बहस गरेको पाइएको छ।
माता इन्टरप्राइजेजका प्रोप्राइटर कृष्णहरि चौलागाईं, लक्की एएस इन्टरप्राइजेजका प्रोप्राइटर सुनीलकुमार गौतम, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्सका प्रोप्राइटर रामशरण कुँवर र अजय शुभ ट्रेडर्सका प्रोप्राइटर मोतीलाल पोखरेलले सरकारविरुद्ध रिट दायर गरेका हुन्। उनीहरूले उच्च अदालतमा साउन ७ गते रिट दायर गरेको पाइएको छ।
रिटमा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव, सहसचिव, सहरी विकास तथा भवन निर्माण विभाग, अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय र आन्तरिक राजस्व कार्यालय पुतलीसडक ९कर परीक्षण तथा अनुसन्धान शाखा० लगायतलाई विपक्षी बनाइएको छ। राष्ट्रपति कार्यालयका कानुनविज्ञमा नियुक्त हुनुअघि कुँवर प्रदेश ४ (हाल, गण्डकी प्रदेश) को प्रमुख थिए।
त्यस्तै, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा महान्यायाधिवक्तासमेत भएका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend