Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कोशी प्रदेश सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय


    आइतबार, भाद्र १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) ले समर्थन गर्ने भएको छ ।

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र राप्रपाका नेताहरूबीच भएको छलफलमा राप्रपा कोशी प्रदेश सरकारलाई समर्थन गर्न सहमत भएको हो ।

    सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएपछि राप्रपाले प्रतिनिधिसभाअन्तर्गतको एउटा समितिको नेतृत्व पाएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति राप्रपालाई दिएका हुन् ।

    कोशी प्रदेश सरकार गठनमा सत्ता गठबन्धनलाई सहयोग गर्ने सहमतिपछि पूर्वाधार समिति राप्रपालाई दिने सहमति भएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । शिलापत्रसँग सापकोटाले भने, ‘कोशी प्रदेशमा राप्रपा सत्ता गठबन्धनलाई सहयोग गर्न तयार भएपछि प्रतिनिधिसभाको एउटा सभापति दिन सत्ता गठबन्धन सहमत भएको हो ।’

    राप्रपाले उक्त समितिको सभापतिमा सांसद दिपक सिंहलाई उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार